कुईकाका प्रत्यक नागरिकलाई मास्क र साबुन बितरण

कमलबजार नगरपालिका वडा नं ५ कुईकामा वडाका प्रत्यक नागरिकलाई मास्क र साबुन बितरण गरिएको छ ।
सोमबार र मंगलबार वडाध्यक्ष नन्दसिंङ चलाउनेको नेत्रृत्वमा गएको एक टोलीले प्रत्यक टोलटोलमा गएर मास्क र साबुन बितरण गरेको हो ।
वडामा राहत बितरणको कार्यपनि जारी रहेको वडाध्यक्ष चलाउनेले जानकारी दिनुभयो । केहीदिन अघी मात्रै वडाका अतिबिपन्न ५५ घर परिवारलाई एक महिना पुग्ने गरि राहत बितरण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
दोस्रो चरणको राहतकालागी तथ्याङ्क संकलन भईरहेको र तत्काल बितरण गरिने अध्यक्ष चलाउनेले बताउनुभयो ।