नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो

शुक्रबार नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
यस्तै, हालसम्म ‘पीसीआर’बाट १५ हजार ४९२ जनाको परीक्षण गरिएको छ भने ५४ हजार ५३१ जनाको ‘आरडीटी’ विधिबाट परीक्षण गरिएको पनि उनले जानकारी दिए ।
यस्तै, स्वीस सरकारले सहयोगस्वरुप दिएको ३० हजार पीसीआर परीक्षणका लागि आवश्यक ‘रि–एजेन्ट’ देशभरका १८ ल्याबमा पठाएको भन्दै प्रवक्ता डा। देवकोटाले योसँगै अब परीक्षणको दायरा फराकिलो हुने बताए ।
हाल देशभर १३५ जना ‘आइसोलेसन’मा रहेका छन् भने १५ हजार ६२४ जना ‘क्वारेन्टाइन’मा रहेको पनि उनले जानकारी दिए ।
यस्तै, ‘लकडाउन’का कारण मानिसमा नकारात्मक असर परेको भन्दै मन्त्रालयले सकारात्मक सोच राख्न र केही सिर्जनशील काम आग्रहसमेत गरेको छ ।
यस्तो समयमा मनोसामाजिक समस्याका कारण आत्महत्याका घटनासमेत बढेको तथ्यांक आएकाले सकारात्मक काममा मात्र मन लगाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस