धनगढीमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको निर्माण अन्तिम चरणमा

सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालयले कैलालीको धनगढीमा निमार्ण गरिरहको कोरोना विशेष अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सामाजिक विकास मन्त्रालयको बजेटमा निर्माण भईरहेको प्रि–फ्याव आइसोलेसन भवन सहितको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

सेती अस्पताल मातहत रहने गरी निर्माण भईरहेको प्रि–फ्याव भवनको काम लगभग ७६ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको स्वास्थ्य कार्यालय धनगढीका निमित्त प्रमुख लाल बहादुर धामीले जानकारी दिए ।

उनले ढोका जोड्ने, बाथरुममा धारा र बेसिन जोड्ने बाहेकाका सबै काम सम्पन्न भईसकेको बताए । पेन्ट लगाउने कार्य भने अन्तिम चरणमा पुगेको धामीले जानकारी दिए । एक महिना भित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य अनुसार निर्माण भईरहेको र तोकिएकै अबधिमा निर्माण पुरै हुने धामीले बताए ।

उता कञ्चनपुरमा निर्माण भईरहेको प्रि–फ्याव आइसोलेसन भवन सहितको अस्पतालको ठेक्का सम्झौता सकिनै लाग्दा कामले पूर्णता पाउन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयले दुवै जिल्लामा प्रि–फ्याव सहितको कोरोना अस्पतालका लागि एक÷एक करोड बजेट उपलब्ध गराएको थियो ।

धनगढी खवरबाट

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker