नेपालमा ४ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

नेपालमा ४ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै पटक ३९ जना कोरोना भाइरस संक्रमीत भेटिएका मध्य ४ जना पत्रकार पनि परेका छन् । नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले पर्सा जिल्लामा आज थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको बताए ।

‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ । रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु,’ डा मदनकुमार उपाध्यायले भने ।

उनले फिल्डमा खटिने सञ्चारकर्मीमा समेत अति जोखिम रहेको भन्दै जोखिएर रिपोर्टिङ गर्न आग्रह गरे ।

देशभर आज ५७ जना केश पोजेटिभ देखिँदा पर्साका ३९ जना र पर्साका १ जना रहेका छन् । यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker