Techie IT

गर्मीमा हुन्छ यस्ता रोगको जोखिम : सचेत रहन डा . अग्रवालको सुझाब


गर्मीयाममा बिभीन्न सरुवा रोगको जोखिम बढी हुने भएकाले सचेत रहन बयालपाटा अस्पतालका सह निर्देशक डा. पवन अग्रवालले सुझाब दिनुभएको छ ।

रेडियो बान्निगढीसंग कुराकानि गर्दै डा . अग्रवालले अहिलेको मौसममा बिभीन्न सरुवा रोगको जोखिम अत्याधिक हुुने भएकालेे सचेत रहन आग्रह गर्नुभएको हो ।

यो मौसममा बिशेष गरि आँखा , पेट , छाला तथा लामखुट्टेको टोकाईबाट लाग्ने रोगहरुको जोखिम बढी हुने उहाँले बताउनुभयो । आँखा सम्बन्धि आँखा पाक्ने , चिलाउने , रातो हुने , पेट सम्बन्धि झाडापखाला , आँउ , हैजा , छाला सम्बन्धि दाद , लुतो , खटिरा तथा लामखुट्टेको टोकाईबाट डेङ्गी , मलेरिया , टाईफाईट लगाएतका रोगहरु लाग्ने उल्लेख गर्नुभयो ।

अग्रवालले अहिले मानिसहरु कोभिट १९ मा मात्र केन्द्रित भएकाले पनि अरु सरुवा रोगको जोखिम बढी हुनसक्ने बताउनुभयो ।

उहाँले अरु रोगको जोखिमबाट बच्नकालागी सावधानि अपनाउन पनि आग्रह गर्नुभयो । दैनिक जिवनयापन , सरसफाई तथा खानपानमा बिशेष ध्यान दिए गर्मीयाममा लाग्ने सरुवा रोगको जोखिम कम गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।


क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस