Techie IT

देशको सिमा मिचिदा प्रधानमन्त्रीलाई किन थाहा भएन ? सांसद कुँवर (भिडियो सहित)


राष्टिय सभा सदस्य शेर बहादुर कुँवरले देशको सिमा मिचिदा पनि प्रधानमन्त्रीलाई जानकारी नभएको बिषयमा आपत्ती जनाउनु भएको छ ।

बुधवार राष्टिय सभा बैठकमा बोल्दै साँसद कुँवरले देशको सिमा मिचिएका बिषयमा पनि प्रधानमन्त्रीलाई किन जानकारी नभएको हो ? राज्यका संयन्त्रले के गरिरहेको छ भनि प्रश्न गर्नुभयो ।

बाल्यकालमै छिमेकिले नेपाली भुमिमाथी आक्रमण के कसरी गर्दैछ भन्नेबारे सुन्दै आएकोमा हाल सम्म पनि यो क्रम नरोकिएकोमा साँसद कुँवरले दुख व्यत्त गर्नु भएको छ ।

भारत असल छिमेकि नरहेको बताउदै उहाले पटक पटक नेपाली भुमि कव्जा गर्दै आइरहेकोप्रती आपत्ती जनाउदै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भारतले नेपाली भुमीलाई आफ्नो देशको नक्शामा समेटेर नक्सा प्रकाशित गरेको बिषयमा सरकारको ध्यानाकर्षण गराएको महिना दिन पछि पुनः नेपाली भुमिमा सडक निर्माण गर्ने काम किन र कसरी भईरहको हो साँसद कुँवरले प्रश्न गर्नु भएको छ ।

छिमेकिले नेपाली माटोमाथी कव्जा जमाईरहेका बेला यो देशको सरकारले के गरिरहेको छ ? किन यस्तो भईरहेको छ यस बिषयमा सवै गम्भिर बन्नुपर्ने र यसको बिरुद्धमा बोल्नुपर्नेमा उहाले जोड दिनुभयो ।

भारतले अतिक्रमण गरि आफ्नो राजनितिक र प्रशासनिक नियन्त्रणमा राखेको नेपाली भुभाग फिर्ता लिई नेपालको राजनितिक,प्रशासनिक उपस्थीति देखाउन उहाले जोडदार माग गर्नु भएको छ ।

भिडियो :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!