Techie IT

बिप्लव निकट बिद्यार्थी संगठनद्वारा बिज्ञप्ती : यस्तो छ कारण


नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अछामले एक बिज्ञप्ती जारी गरेको छ ।

अछाम जिल्लामा बिकास निर्माणका कार्यमा भ्रष्टचार भएको बताउदै त्यसको बिरोधमा बिज्ञप्ती जारि गरेको हो ।

अछाम जिल्लाको रामारोशन गाउंपालिकामा ४ वटा विद्यालयको भवन निर्माण सम्बन्धमा गाउपालिकाद्धारा म्याद थपको सूचना जारी नगरि मिलेमतो र कमिसनको चलखेलका आधारमा बिना प्रतिस्पर्धा गरिएको आरोप लगाउदै बिज्ञप्ती मार्फत संगठनले ठेक्का प्रक्रियाप्रति आपत्ति जनाएको छ ।

हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारी शैक्षिक क्षेत्रमा हुने सबै खाले विकृत्ति विसंङतिका विरुद्ध रहने सबैमा सर्विविदत्तै छ बिहीबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

कोरोना महामारीको कहरमा लकडाउनले सबै कामकाज रोकिएको बेला गुपचुप रुपमा बजेटको मापदण्ड विपरित कमिशनको चलखेलमा अगाडी बढाईएको कमसल भवन निर्माणको प्रक्रिया तत्काल रोक्न गाउंपालिकालाई अछाम जिल्ला अखिल क्रान्तिकारी अध्यक्ष रमेश वि.सि समिरले हस्ताक्षर गरेको विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

अन्यथा त्यसका बिरुद्ध शसत्त गर्ने बताईएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस