Techie IT

लकडाउनमा आसेपासे भित्र्याउन बान्नीगढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बिच प्रतिस्पर्धा


बान्नीगढी जयगढ गाउँपालिकामा आसेपासे तथा नातेदारलाई गाउँ भित्र्याउन गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउँद बिच प्रतिस्पर्धा चलेको छ ।

लकडाउनको समयमा आफ्ना नातेदार तथा आसेपासेलाई गाउँपालिका भित्र्याउन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बिच प्रतिस्पर्धा नै चलेको हो ।

लकडाउनको अवधिमा काठ्माण्डौबाट आफ्ना आफ्ना छोरालाई गाउँपालिकामा भित्र्याएकोमा बिहिवार राती मात्रै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले पनि आफ्ना नातेदारलाई गाउँपालिकामा भित्र्याएका हुन ।

गाउँपालिका अध्यक्षका छोरा काठमाण्डौबाट लकडाउनकै बेला जिल्ला भित्र्याईदा उनलाई २ दिन सम्म पनि क्वारेन्टाईनमा नराखेको भन्दै गाउँपालका अध्यक्षको चर्को आलोचना भएको थियो ।

समाजीक संजाल तथा संचारमाध्यम मार्फत क्वारेन्टाईनमा नराखेको बिषय बाहिरिय पछि गाउँपालिका अध्यक्ष खड्का आफ्ना छोरा र छोरासंगै आएका अर्का युवकलाई गाउँपालिकाको वडा नम्बर १ गाज्रामा रहेको क्वारेन्टाईमा राखेका थिए ।

क्वारेन्टाईनमा राखेको केहि दिन पछि मात्रै बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर २ गाज्रामा कैलालीबाट २ जना नागरिक भित्रिए ।

पिसिआर जाँचका लागी भिटिएम पुर्याउन कैलाली गएको एम्वुलेन्स मार्फत गाज्रामा २ जना नागरिक भित्रिएका हुन ।

स्रोतका अनुसार वडा नम्बर २ मा भित्रिएका २ जना नागरिकलाई एम्वुलेन्स मार्फत जिल्लामा ल्याउन एम्वुलेन्स चालकलाई गाउँपालिका अध्यक्षले अर्हाएका थिए ।

पिसिआर जाँचका लागी भिटिएम पुर्याउन कैलाली गएको एम्वुलेन्स मानीस ओसार्न टिकापुर गएपछि टिकापुरमा अलपत्र परेका बान्नीगढी जयगढ गाउँपालिकाका स्थानीयले कि सवैलाई लिनुपर्ने होईन भने एम्वुलेन्समा मान्छे ओसार्न नपाईने भन्दै अवरोध गरेका थिए ।

टिकापुर मान्छे ओसार्न पुगेको एम्वुलेन्स स्थानीयको अवरोधका कारण रित्तै फर्कियो तर उक्त एम्बुलेन्सले अत्तरियाबाट भने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको निर्देशनमा २ जना नागरिकलाई ल्याएर गाउँपालिका भित्रियो । उनीहरु सवैलाई गाज्रा स्थित राष्टभाषा माद्यामिक बिद्यालयको क्वारेन्टाईनमा राखीएको वडा अध्यक्ष हिरेण्ड खड्काले बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष खड्का मान्छे ओसार्न सक्रिय बनेकोबारे आलोचना सेलाउन नपाउदै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले पनि धनगढीमा बस्दै आएका आफ्ना आफन्तलाई बिहिवार राती जिल्ला भित्र्याएपछि गाउँपालिका अध्यक्ष खड्का र उपाध्यक्ष साउँदबिच लकडाउनको समयमा नातेदार तथा आसेपासे भित्र्याउन प्रतिस्पर्धा भईरहेको प्रष्ट हुन्छ ।

गाउँपालिका उपाध्यक्षको नेतृत्वमा भित्रिएका उनका ४ जना नातेदारलाई बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा रहेको सरस्वती माविको क्वारेन्टाईनमा राखीएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!