चौरपाटि गाउँ कार्यपालिका बैठक सम्पन्न,यस्ता छन निर्णय

चौरपाटी गाउँपालिका राहत ब्यवस्थानपन तथा वितरण गाउँ समन्वय समितिको बैठक सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष एवम् राहत ब्यवस्थानपन तथा वितरण गाउँ समन्वय समिति संयोजक हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका अन्तरगत मुख्य बजार तथा स्थानिय पसलमा लक डाउनको समयमा मूल्य बृद्वि तथा कालोवजारी भईरहेको भन्ने सुन्न आएकोमा वजार अनुगमन गरि कालो वजारी गरेको पाईए कडा कार्वाही गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले गाउँपालिका तथा सात वटै वडा कार्यालयबाट आर्थिक बर्ष २०७६र०७७ साना भौतिक तथा अन्य योजना लक डाउनको पालना सहित सामाजिक दुरी कायम गरि योजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाका बहुसंख्यक नागरिकहरु छिमेकी मुलुक भारत तथा देशका विभिन्न जिल्लाबाट पालिका फर्किने सम्भावना रहेकाले जिल्ला बाहिरबाट आएका ब्यक्तिलाई सम्बन्धित बडाका सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइनमा सरकारले तोकिएको नियम अनुसारसार क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनमा रहेका ब्यक्तिलाई आवश्यक खाद्यन्न तथा सामाग्री वडा अध्यक्ष लगायत सर्वपक्षिय बैठकबाट खरिद गर्ने, कोरोना भाईरस कोभिड १९ बाट पालिकामा रहेका पालिका बासि तथा अन्य जिल्ला घर भई लक डाउनको कारण चौरपाटी गाउँपालिकामा समस्या रहेका ब्यक्तिलाई राहत वितरण कार्यविधिको मापदण्ड अनुसार राहत वितरण गरिने गाउँपालिका अध्यक्ष साउदले जानकारी दिनुभयो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष माया कुँवर प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी, नेकपाका जिल्ला सचिवालय सदस्य राम बहादुर थापा, नेपाली काँग्रेस गाउँपालिका सभापति गणेश शाह, वडा अध्यक्षहरु, शिक्षक महासँघ चौरपाटी गापा अध्यक्ष बम बहादुर शाह, शिक्षक संगठन चौरपाटी गापा अध्यक्ष टंकराज जोशी, शिक्षक संघ गापा अध्यक्ष कृष्ण खडका लगायतको सहभागिता रहेको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker