ट्वाईलेट र खानेपानि विनाको पञ्चदेवलको क्वारेन्टिन,बसेकाहरु भन्छन खाना पनि गुणस्तरीय छैन

पञ्चदेवल बिनायक नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्न असहज भईरहेको गुनासो गरेको छन ।
क्वारेन्टाईनमा शौचालय तथा सरसफाई गर्न आवश्यक पानिको समेत समस्या रहेको क्वारेन्टाईनमा रहेकाहरुले गुनासो गरेका हुन ।
पञ्चदेवल बिनायक नगरपालिकाले पञ्चदेवल क्याम्पसमा निर्माण गरेको क्वारेन्टिनमा बसेका स्थानिय पदमराज तिमिल्सैनाले पानिको कुनै सुविधा नभएको बताउनुभयो ।
उनका अनुसार क्वारेन्टाईनमा पिउने पानिको समेत अभाव रहेको छ भनेधारामा पानि कतिखेर आउँछ भन्ने समेत अत्तोपत्तो छैन ।
सरसफाई र पिउने पानीसंगै खानेकुरामा पनि निकै समस्या भईरहेको उनको भनाई छ । क्वारेन्टाईनमा खुवाईने खाना गुणस्तरहिन रहेको उनले बताएका छन ।
क्वारेन्टाईनको खानाले बिरामी भईन्छ कि भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।
सामाजीक संजालमा स्टाटस राख्दै उनले क्वारेन्टाईनमा झन रोगी भईन्छ कि भन्ने चिन्ताले पिरोलेको उल्लेख गरेका छन ।
यस्तै क्वारेन्टिनमा बसेका अर्का स्थानीय जनक रिमालले सुत्नका लागी पनि समस्या भईरहेको बताएका छन । पालमा सुत्नु परेको उनको भनाई छ ।
पञ्चदेवल बिनायक नगरपालिकामा हालसालै जिल्ला बाहिरबाट आएका २६ जनालाई क्वारेन्टाईनमा राखीएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस