Techie IT

जयगढका एक युवाले गरे जन्मदिनको अवशरमा घाईतेलाई राहत बितरण


बान्निगढी जयगढ गाँउपालिकाका एक युवाले आफ्नो जन्मदिनको अवसर पारी राहत बितरण गरेका छन् ।

गाँउपालिकाको वडा नं ३ भुवाबाँझ निवासी गमन भुलले आज वडाका ४ जना तत्कालिन जनयुद्धका घाईतेलाई राहत बितरण गरेका हुन् ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण खाध्यान्न अभाब झेलिरहेका घाईतेहरुलाई साहानुभुति स्वरुप वडाको समन्वयमा राहत बितरण गरेको भुलले बताउनुभयो ।

वडाभित्र जनयुद्धका जम्मा चार जना घाईतेहरु रहेको र सम्पुर्ण घाईतेहरुलाई २५ किलो चामल , दुई पोका नुन् र तिन चक्कि साबुनका दरले राहत बितरण गरिएको वडाध्यक्ष कुल बहादुर शेट्टी जानकारी दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस