नेपालमा कोरोना सङ्क्रमणबाट थप १ जनाको ज्यान गएको पुष्टि

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट अर्का एक जनाको ज्यान गएको पुष्टि भएको छ ।
शनिबार राति बाँकेको नरैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका युवाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैशाख ३० गते भारतबाट आएर दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान ज्यान गएको हो । यसबारे थप विवरण आउँन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ ।
नरैनापुरको विभिन्न क्वरेण्टीनमा बसिरहेका दुई सय ६३ जनाको शनिबार नै स्वाब सङ्कलन गरिएको थियो । मृतकका आफन्त र स्थानीयबासीन्दाले भने समयमै अस्पताल पुर्याउन नसकेको कारण युवकको ज्यान गएको दाबी गरेका छन् । स्थानीयबासिन्दाले पीपीईको अभावमा एम्बुलेन्स चालकले अस्पताल पुर्याउन नमानेको आरोप लगाएका छन् ।
नरैनापुरमा युवकको ज्यान गएसँगै नेपाली सेनाको उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मृतक युवकको शव क्वरेण्टीनमै रहेको अन्त्येष्टि कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।
यसअघि गएको बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको कोरोनाको कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको थियो । आइतबार रौतहटका १० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई सय ९१ पुगेको छ । ३६ जना उपचारपछि निको भएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस