कोरोना आशँकामा बान्नीगढीका एक नागरिक आईसोलेसनमा

बान्नीगढी जयगढ गाउँपालिकाका एक नागरिक आईसोलेसनमा भर्ना भएका छन । कोरोना आशँकामा तीँ नागरिकलाई आईसोलेसनमा भर्ना गरिएको हो ।
साता दिन अघि जिल्ला बाहिरबाट बान्नीगढी जयगढ गाउँपालिकामा आएका उनलाई गाउँपालिकाको क्वारेन्टाईनमा राखीएको थियो ।
सोमवार बान्नीगढी जयगढ गाउँपालिकाको बिभिन्न ठाउँमा क्वारेन्टाईनमा राखीएकाहको आरडिटि परिक्षणका क्रममा तीँ नागरिकमा आरडिटि परिक्षणको नतिजा शंकास्पद देखीएको होे ।
क्वारेन्टाईनमा रहेकाहरु मध्य आरडिटि परिक्षणका क्रममा शंकास्पद देखीएपछि उनलाई बयालपाटा अस्पतालको आईसोलेसनमा राखीएको बताईएको छ ।
अस्पताल स्रोतका अनुसार कोरोना संक्रमण भए नभएको एकिन गर्नका लागी पिसिआर पक्षिण गरिने भएको छ ।
पिसिआर जाँचका लागी मंगलवार उनको नमुना स्वाव संकलन गरि धनगढी पठाईने तयारी भईरहेको अस्पताल स्रोतले जनाएको छ ।
यस अघि बान्नीगढी जयगढ गाउँपालिकाको क्वारेन्टाईनमा रहेकि एक युवतीमा पनि आरडिटि परिक्षणका क्रममा शंकास्पद नतिजा देखीएपनि पिसीआर जाँचका क्रममा भने उनमा कोरोना संक्रमण नरहेको पाईएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस