लकडाउनमा अछामका सरोकारवालाद्धारा मदिरा सहित खसी भोज ?

लकडाउनको समयमा अछामका सरोरकारवाले नै लक डाउन उलंघन गरेको आरोप लागेको छ ।

जिल्ल्ला स्थित विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुले लक डाउनको उलंघन गरेको आरोप लागेको हो ।

लक डाउनको समयमा जिल्लाको पर्यटकिय क्षेत्र रामारोशनमा उच्चपदस्थहरुको टोलीले मदिरा र खसी भोज गरेको केहि व्यक्तिले दावी गरेका छन ।

पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष तथा नेपाली कांग्रेस अछामका सह सचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले सामाजीक संजाल फेसवुकमा मंगलवार स्टाटस राख्दै जिल्लाको उच्च पदस्थहरुको टोलीले रामारोशन पर्यटकिय क्षेत्रमा मदिरा सहितको भोज गरेको उल्लेख गरेको छन ।

तिमिल्सैनाले तीँ उच्च पदस्थ भनिएकाहरु को को हुन भन्ने बिषयमा भने केहि पनि खुलाएका छैनन । उहाँसंग सम्पर्क गर्दा यो बिषय यो बिषयमा पत्रकारले पत्ता लगाउनु पर्यो नि तपाईंहरुका लागि खोजीनितिको बिषय हुनसक्छ मात्र भन्नुभयो ।

हेरौँ तिमिल्सैनाले सामाजीक संजाल फेसवुकमा लेख्नु भएको स्टाटस :-

यसका साथै प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तथा रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कुँवरले पनि सामाजीक संञ्जालमा जिल्लाका उच्च पदस्थहरुको २ वटा तस्वीर सहित उनीहरुले मदिरा र खसी सहित रामरोशन भ्रमण गरेको खुलासा गरेका छन । तस्वीरमा जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुँवर,उप प्रमुख टोप बहादुर रावल,अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, अछामका प्रहरी प्रमुख डिएसपी दिपक भारती,शसष्त्र प्रहरी प्रमुख लगायत सामेल रहेका छन ।

कुँवरले लेख्नु भएको स्टाटस :-

यता टोलीमा संलग्न एक अधिकारीका अनुसार उच्च पदस्थहरुको टोली जिल्लाको रामारोशन गाउँपालिकाले कोरोना नियन्त्रणका लागी गरिरहेको क्रियाकलापको अनुगमनका लागी रामारोशन पुगेको थियो ।

रामारोशन गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईन अवलोकनका क्रममा रामारोशन ताल पनि नजिकै पर्ने भएकाले टोलीले तालको भ्रमण गरेको तीँ अधिकारीले बताएका छन । मदिरा र खसी सहित भोज गरेको आरोप भने निराधार रहेको उनको दावी छ ।

तर बान्नीगढी टुडेलाई  प्राप्त रामारोशन स्थित स्रोतका अनुसार सोहि टोलीले रामारोशन क्षेत्रमा १३ केजीको भेडो ( खाल्पा ) खरिद गर्नुका साथै टोलीका केहि सदस्यहरुले मदिरा सेवन गरेको दावीमा कायमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker