वाक नेपाल र सेभ द चिल्ड्रेनद्धारा छात्रवृत्ति वितरण

बान्नीगढी जयगढ गाउँपालिका–६, दर्ना स्थित ऐश्वर्यमा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई नगद छात्रवृत्ति वितरण गरिएको छ ।
स्थानीय गैह्र सरकारी संस्था वाक नेपाल र सेभ द चिल्ड्रेनसंगको.साझेदारीमा सञ्चालित युवा स–शक्तिकरण बुलगारी परियोजनाको आर्थिक सहयोमा जाल्पादेवी बचत तथा ऋण सहकारी संस्थाको बाल अनुदान कोषबाट छात्रबृत्ति बिरतण गरिएको हो ।
आर्थिक अभावका कारण बिद्यालय छोड्नु पर्ने बाध्यता नआवस भन्ने उद्धेश्यले ऐश्वर्य मावि कक्षा ८, ९ र १० मा अध्ययनरत विपन्न परिवारका ४ जना बालबालिकालाई नगद रकम बितरण गरिएको बताईएको छ ।
अध्ययनका साथै लकडाउनको विषम परिस्थितिमा घर परिवार र बालबालिकालाई राहत पुगोस भन्ने उद्देश्यले प्रति व्यक्ति रु ६ हजार पहिलो किस्ताको रकम वितरण हस्तान्तरण गरिएको हो ।
प्रति व्यक्ति रु.१० हजारको छात्रवृत्ति प्याकेजमा रु.४ हाजर दोस्रो किस्तामा प्रदान गरिने परियोजनाका संयोजक चन्द्रबाहादुर शाँकीले बताउनुभयो ।
सामाजीक दुरी कायम गर्दै विद्यालयका प्रधानाध्यापक कटक बहादुर शाह, वडाध्यक्ष कृष्ण बहादुर कडायतले छात्रवृत्ति वितरण गर्नुभएको थियो भने सहकारीसँग समन्वय गरी पञ्चदेव युवा सूचना केन्द्रले शैक्षिक वृत्ति सहयोग वितरणमा सहजीकरण गरेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस