धनगढीबाट अछाम आईरहेका दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ

स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकेर हिँड्ने दुई युवा पक्राउ परेका छन् ।
लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई पक्राउ गरेको हो।
धनगढीबाट अछाम आउन लागेका दुई युवालाई डडेल्धुराको स्याउले बजारमा पक्राउ गरिएको थियो ।
उनीहरुले अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रशासन कार्यालयमा बुझाईएको छ ।
क्याटेगोरी : मुख्य समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस