कोरोना आशँका गरिएका अछामका १४ जनाको रिपोर्ट नेगेटिभ

कोरोना आशँका गरिएका अछामका १४ जनाको पिसिआर परिक्षण नेगेटिभ आएको छ ।

सम्भावित कोरोना संक्रमितको रुपमा हेरिएका अछामका १४ जना नागरिकको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

बयालपाटा अस्पतालबाट पिसिआर परिक्षणका लागी जयगढ गाउँपालिकाका १ युवक र साँफेबगर नगरपालिकाका १ जनाको नमनुा स्वाव संकलन गरिएको थियो ।

यस्तै जिल्लाको तुर्माखादबाट संकलन गरिएको १२ जनाको नमुना स्वाव संकलन गरिएको हो ।

अछाम जिल्लाका बिभिन्न ठाउँबाट १४ जनाको नमुना स्वाव संकलन गरि परिक्षणका लागी सुर्खेत पठाईएकोमा उनीहरु कुनैमा कोरोना संक्रमण नरहेको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमखु झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker