अछाममा विप्लव नेकपाकाे राहत वितरण तिब्र गतिमा

अछाम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गरेको छ । १ महिना अगाडी सुरु गरिएको राहत वितरण कार्यक्रमकै निरन्तरतामा आज मेल्लेख गाउँपालिका र जयगढ बान्नीगढी गाउँपालिकामा राहत वितरण गरेको छ ।
मेल्लेख गाउँपालिकामा ८ र जयगढ बान्नीगढी गाउँपालिकाका ७ शहिद परिवार, राजबन्दी परिवार, वेपत्ता योद्धा परिवार र अति विपन्न ३३ परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामाग्री वितरण गरिएको जिल्ला जनसरकार अछामका प्रमुख सौगातले जानकारी दिएका छन् ।
जनयुद्धकालमा शहिदले गरेको बलिदानका कारण नै आज सत्ताको बागडोर समाल्न पुगेका पात्रहरुले शहिदहरुका सपना त बेचर खाए खाए आफ्नो सन्तान गुमाएर एकल जिवन व्यतित गरिरहेका शहिद परिवार आमा बुबालाई समेत विश्वव्यापि महामारीको कारण भोकभोकै रहेको अवस्थामा पनि बेवास्ता गरेको कारण हामीले अत्यन्त प्रतिकुल समयका बाबजुद पनि उनीहरुको घर आगनमै गएर राहत वितरण गर्नु परेको समेत जानकारी दिए ।
निर्वाचनताका समाजवादका खोक्रा नारा घन्काएर मत बटुल्ने वर्तमान सरकारका शासकहरुले राहत वितरणको नाममा आफ्ना कार्यकर्ता पोस्ने काम र सस्तो लोकप्रियताको व्यापार मात्रै गरेको र सम्बन्धित गाउँका सरोकारवाला व्यक्तिले वारम्बार वास्तविक पिडितहरुलाई मात्र राहत प्रदान गर भनिरहँदा त्यसको कुनै सुनुवाइ नगरी प्रतिनिधिको नजरमा परेकोलाई मात्र राहतमा समेटिएको हुँदा सरकारले वितरण गरेको राहतमा छुट्न गएका शहिद, राजवन्दी र अति विपन्न परिवालाई आफुले राहत वितरण गरेको पनि जानकारी जनसरकार प्रमुखले दिए । राहत वितरण गरिएको यस कार्यलाई अझै केहिदिन सम्म निरन्तरता दिने समेत उनले जानकारी दिए ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस