Techie IT

भारतबाट अछाम भित्रिने क्रम सुरु, एकै दिन २ सय ४ जना भित्रिए


अछामकाे सिमाना चाैखुट्टे सिमा नाकाबाट शुक्रवार एकै दिन २०४ जना जिल्ला भित्रिएका छन ।

जिल्लाकाे चाैरपाटी गाउँपालिकाका दुई महिला २७ पुरुष गरि २९ जना, मेल्लेख गाउँपालिकाका ३७ जना,साँफे नगरपालिकाका ४६ जना र मंगलसेन नगरपालिकाका ९२ जना अछाम भित्रिएकाे चाैखुट्टे प्रहरी चाैकी ईञ्चार्ज गणेश बहादुर सिहंले जानकारी दिनुभयाे ।

राेजगारीकाे शिलसिलामा भारतका विभिन्न शहरमा गएका नागरिकलाई सिमा नाका गाैरी फन्टा सम्म भारत सरकारकाे समन्वय र अछामसम्म प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय अछाम र स्थानिय सरकारकाे पहलमा जिल्ला भित्रिएका प्रहरीले जनाएकाे छ ।

भारतबाट आएका चाैरपाटी गाउँपालिका २९ जना नागरिकलाई २१ दिन क्वारेन्टाइनमा राखिने गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनुभयाे ।

यस्तै भारतबाट आएका आफ्ना पालिकाका नागरिकलाई ल्याउन गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, सिउडि प्रहरी चाैकी ईञ्चार्ज अकबर सिहं धामी, गाउँपालिका प्रेस सल्लाहाकार राजेन्द्र कुँवर, गाउँपालिकाका एम आई एस अपरेटर कालु वाेहरा सहितकाे टाेली जिल्लाकाे सिमाना चाैखुट्टे पुगेका थियाे ।

अध्यक्ष साउदले भारतबाट आएका पालिकाका नागरिकलाई सम्झाई बुझाई क्वारेन्टाईनमा राख्नु भएकाे छ । भारतबाट आएका वडा नं १ सिउडिका एक महिला सहित १२ जना, वडा नं २ का १५ जना पुरुष र वडा नं ३ का एक महिला एक पुरुष गरि दुई जनालाई वडा कार्यालयले निर्माण गरिएका क्वारेन्टाइनमा राखिएकाे गाउँपालिका अध्यक्ष साउदले जानकारी दिनुभयाे ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!