Techie IT

शुक्रवार बान्नीगढीमा ९ जना नागरिक भित्रिए


बान्नीगढी जयगढ गाउँपालिकाका ९ जना नागरिक भित्रिएका छन ।

भारत लगायत अछाम जिल्ला बाहिरबाट शुक्रवार दिउसो मात्र ९ जना नागरिक भित्रिएका हुन । उनीहरुलाई गाउँपालिकाले वडामा निर्माण गरेका क्वारेन्टाईनमा राखीएको छ ।

भारतबाट ८ जना र अछाम जिल्ला बाहिरबाट १ जना गरि शुक्रवार ९ जना भित्रिएको जयगढ प्रहरी चौकिका प्रहरी हवल्दार धन बहादुर कैलाले जनाकारी दिनुभयो ।

उहाका अनुसार शुक्रवार भित्रिएका सवै पुरुष रहेका छन । भित्रिएका मध्य ६ जना वडा नम्बर ३ बर्दादेवी र ३ जना दर्नाका रहेको उहाले बताउनुभयो ।

वडा नम्बर ३ बर्दादेवीमा भित्रिएकाहरुलाई जयगढमा रहेको सरस्वती माद्यामिक बिद्यालयको क्वारेन्टाईनमा राखीएको छ । यस्तै दर्नाका ३ जनालाई पनि क्वारेन्टाईनमा राखीने भएको छ ।

यसै बिच शुक्रवार दिउसो सम्म मात्रै चौखुट्टे सिमाबाट २ सय ४ जना अछाम भित्रिएका छन । छिमेकि मुलुक भारतबाट नागरिकहरु धमाधम गाउँ फर्किन थालेपछि पहाडि जिल्लामा पनि कोरोना संक्रमणको जोखीम बढ्ने जानकारहरु बताउछन ।

भारतबाट भित्रिएकाहरुलाई २१ दिन सम्म अनिवार्य क्वारेन्टाईनमा राखी स्वास्थ्य परिक्षण पश्चात मात्र घर जान दिनुपर्नेमा नागरिहरुको जोड छ । सँयौँको संख्यामा नागरिकहरु गाउँ फर्किन थालेपछि अछामका स्थानीय तहहरुलाई उनीहरुको व्यवस्थापनमा चुनौति देखीएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस