मालिका बिकास संघद्धारा बान्नीगढीमा राहात बितरण,राहात बितरणमा नयाँ अभ्यास

मालिका बिकास संघ नेपालले बान्नीगढी जयगढ गाउँपालिकामा राहात बितरण गरेको छ ।

लकडाउनका कारण दैनीक जीवनयापनमा कठिनाई भोगीरहेका बान्नीगढी जयगढ गाउँपालिकाका ३९ जना नागरिकलाई राहात बितरण गरेको हो ।

डेनमार्क स्थित सरकारी संस्था डिसिएको आर्थिक सहयोगमा मालिका बिकास संघ नेपालले खाद्यान्न सहित सावुन बितरण गरेको मालिका बिकास संघका फोकल पर्सन रतन रावलले बताउनुभयो ।

कोरोना नियन्त्रणका लागी देश बन्दान्दिको अवस्थामा रहेका बेला मालिका बिकास संघले पारदर्शी तथा विवादरहित ढंगबाट राहात बिरतण गरेको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण ठकुल्लाले बताउनु भएको छ ।

राहात बितरण आफैमा पनि विवादित कार्य रहेकोमा बिभिन्न प्रकृया पुरा गरि मालिका बिकास सघ नेपाले पारदर्शी तथा विवादर हित ढंगबाट राहात बितरण गरेको अध्यक्ष ठकुल्लाले बताउनुभयो ।

मालिका बिकास संघले डिसिएको सहयोगमा राहात बितरण गरिने बारे जानकारी गराउदै बान्नीगढी जयगढ गाउँपालिकालाई राहात पाउनका लागी योग्य नागरिक छनोट गरिदिन पत्रारचार गरेको थियो ।

संस्थाको पत्रचार पछि गाउँपालिकाले पालिकाका ६ वटै वडाबाट राहात पाउनका लागी छनौट तथा सिफारिस भई आएका व्यक्तिलाई प्रमाणीत गरि संस्थालाई सिफारिस गरेको थियो ।

वडाको सिफारिससंगै पालिकाबाट प्रमाणीत भई आएकाहरुको सुचिमा दावी बिरोध गुनासोका लागी मालिका बिकास संघले सार्वजनिक सुचना नै जारि गरेको थियो । यति धेरै प्रकृया पुरा गरि राहात बितरण गरिएको सम्भवतः बान्नीगढी जयगढ गाउँपालिकाको यो पहिलो घटना हो ।


राहातका बिषयमा कुनै गुनासो तथा प्रतिकृया भएमा मालिका बिकास संघ नेपालका गुनासो सुनुवाई अधिकारी गोकुल खड्कालाई ९८४८६०२०८० र कार्यालयको टेलीफोन नम्बर ०९७६२०२२५ मा टेलीफोन सम्पर्क गर्न सकिने व्यवस्था संस्थाले गरेको छ ।

बान्नीगढी जयगढ गाउँपालिका प्रत्येक वडाबाट ६ जना गरि ३६ जना र बजार क्षेत्रमा बसोबास गर्दै आएका ३ जना गरि ३९ जना बिपन्न, गरिव,असहाय,एकल महिला,दिर्घ रोगी लगायत निम्न आयस्तर भएकालाई ३० किलो चामल,३ किलो दाल,२ किलो चिनि,२ लिटल तेल,४ प्याकेट सावुन र १ प्याकेट चियापत्ति बितरण गरिएको छ ।

लकडाउनका कारण समस्यामा परेकाहरुलाई संस्थाले सहयोग गरेकोमा आभार व्यक्त गर्दै बडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष कुल बहादुर शेट्टिले राहातलाई सहि रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । बन्दाबन्दिका कारण समस्यामा परेका बर्गको उद्धारका लागी सवैले आ आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्नुपर्नेमा वडा अध्यक्ष शेट्टिले जोड दिनु भएको छ ।

सामाजीक दुरी कायम गदै राहात बितरण गरिएको थियो भने राहात बितरणमा मालिका बिकास संघका फोकल पर्सन रतन रावल र फिल्ड संयोजक कुल बहादुर साउँदले सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker