मेल्लेख गाउँपालिकामा एक अर्काे वडामा आवतजावत प्रतिवन्ध (बिज्ञप्ती सहित)

मेल्लेख गाउँपालिका अछामले बिज्ञप्ती जारि गरेको छ । मेल्लेख गाउँपालिकाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले बिज्ञप्ती जारि गरेको हो ।

भारतमा रोजगारि गर्दै आएका मेल्लेख गाउँपालिका वडा नम्बर ४ का एक युवक धनगढीमा जाँचका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले बिज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य लाभको कामना गरेको छ ।

भारतबाट फर्किएका युवक धनगढीमा रहेको र उनीसंगै आएकाहरुको समयमै स्वास्थ्य जाँचका लागी सम्वन्धित निकायसंग भईरहेको र नागरिकको जीउ धनको क्षती हुन नदिन गाउँपालिका प्रतिवद्ध रहेको समेत बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत कोरोना संक्रमणको जोखीमलाई मध्यनजर गरि गाउँपालिका भित्र एक वडाबाट अर्को वडामा समेत अनावश्यक आवतजावत निषेध गरिएको अवगत गराउदै अनावश्यक गतिविधि नगर्न र नगराउन सवैमा अपलि गरिएको छ ।

रोजगारी,पढाई तथा कामको शिलसिलामा अन्य ठाउँवाट मेल्लेख गाउापालिका भित्र आईरहनु भएका सम्पुर्ण नागरिकलाई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा अनुशासित तरिकाले बसिदिन र कोरोना सम्वन्धी लक्षण देखीएमा तुरुन्त सम्वन्धित निकायमा जानकारि गरिदिन अनुरोध गर्दै नियमको उलंघन गरेका कार्वाहि गरिने समेत बिज्ञप्तीमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker