मंगलसेन नगरपालिकाका ३२१ जना क्वारेन्टाईनमा

होम साउद, अछाम १८ जेठ
मंगलसेन नगरपालिकाले भारत तथा जिल्ला बाहिरबाट आएका ३२१ जनालाई क्वारेन्टाईनमा राखेको छ ।
जेठ ५ देखी हालसम्म नगरपालिकामा भित्रीएका उनीहरुलाई १४ वटै वडामा बनाईएका क्वारेन्टाईनहरुमा राखिएको हो । बाहिरबाट आएका जम्मा ३२१ जनामध्ये ४० जना होम क्वारेन्टाईनमा वसेको नगरपालिकाले जनाएको छ ।
यहि जेठ ५ गतेदेखी बढी संख्यामा भारत तथा जिल्ला बाहिरबाट नगरवासिहरु भित्रीरहेको र उनीहरुलाई नगरपालिका र सबै वडा कार्यालयहरुको निगरानीमा रहनेगरी एकान्तवास राख्ने गरिएको हो ।
नगरमा जेठ ५ देखी १३ गतेसम्म जम्मा १०१ जना भीत्रिएकोमा १४ गते थप ५८ जना, १५ गते ४८ जना, १६ गते ४० जना, १७ गते ३५ जना र १८ गते ३९ जना भारत तथा जिल्ला बाहिरबाट नगरपालिकामा भीत्रिएको नगरपालिकाका सूचना अधिकारी खकेन्द्रबहादुर सोडारीले वताउनुभयो ।
नगरभरीमा हालसम्म विभिन्न २४ वटा क्वारेन्टाईनमा उनीहरु वसिरहेको र थप आउने ब्याक्तिहरुका लागि पनि नगरले बिभिन्न विद्यालयहरुलाई क्वारेन्टाईन स्थल वनाउने गरि तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो ।
क्वारेन्टाइनको ब्यावस्थापन नगरपालिकाले गरेको छ भने हरेक वडामा आवश्यक सहयोग, समन्वयका लागि वडा अध्यक्ष र अन्य जनप्रतिनिधि सहित कर्मचारी र प्रत्यक वडामा २÷२ जना स्वंसेवक समेत परिचालन गरिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस