नेकपा नेता डां.रावलद्धारा अछाममा १५ हजार थान सर्जिकल मास्क बितरण

पूर्व उपप्रधान, रक्षा, गृह मन्त्री डा. भिम बहादुर रावलले अछाम जिल्लाकालागि १५ हजार थान सर्जिकल मास्क पठाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०स्थायी कमिटी सदस्य तथा अछाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका नेता रावलले जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल, जिल्ला प्रशासन कार्यालय अछामकालागि १४ हजार थान र अछामका संञ्चारकर्मिकालागि १ हजार थान वितरण हुने गरि मास्क ब्यक्तिगत पहल तथा सहयोगमा पठाईएको हो ।
कोरोना भाईरसको महामारीको समयमा अग्रमोर्चामा खटेर काम गर्ने संञ्चारकर्मिकालागि १ हजार थान सर्जिकल मास्क पठाउनु भएको हो । प्रेस संगठन नेपाल जिल्ला शाखा अछामले वितरण गर्ने गरि काठमाण्डौँबाट अछामा मास्क पठाईएको प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एकिन्द्र कुवरले बताउनु भयो ।
अहिले तत्काल मास्क पठाईएको र आगामि दिनमा सेनिटाईजर, प्रेस ज्याकेट लगायतका सामाग्री समेत पठाईने उहाँले बताउनु भयो । प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामलाई सबै मास्क प्राप्त भईसकेकाले केही दिनमा वितरण गरिने प्रेस संगठन अछामका सहसंयोजक कृष्ण बहादुर बुढाले जानकारी दिनु भयो ।
यस अघि डाक्टर रावलले बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनका लागि ५०/५० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिई प्रदान गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस