बान्नीगढीमा ५ सय बढि नागरिक क्वारेन्टाईनमा :उपाध्यक्ष साउँद

बान्नीगढी जयगढ गाउँपालिकामा आईतवारसम्म ५ सय २६ जनालाई क्वारेन्टाईनमा राखीएको छ । गाउँपालिकामा सातदिन भित्र भित्रिएका ५ सय २६ जनालाई क्वारेन्टाईनमा राखीएको हो ।

भारतका बिभिन्न ठाउँबाट फर्किएका नागरिकहरुलाई पालिकाका बिभिन्न वडामा निर्माण गरिएका क्वारेन्टाईनमा राखीएको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बताउनुभयो ।

सवै भन्दा वडा नम्बर ५ कालिकामा १ सय ७४ जनालाई क्वारेन्टाईमा राखीएको छ । २ जना बाहेक अन्य सवै भारतबाट आएको वडा अध्यक्ष लाल कामीले बताउनुभयो ।

यस्तै सवै भन्दा कम वडा नम्बर ४ तिमिल्सेनमा क्वारेन्टाईनमा राखीएको बताईएको छ । भारतबाट हालसालै भित्रिएका नागरिकलाई पालिकाका ६ वटै वडामा रहेका सामुदायीक बिद्यालयमा स्थापना गरिएका क्वारेन्टाईनमा राखीएको हो ।

गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदका अनुसार क्वारेन्टाईनमा राखीएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

केहि दिन पहिले कोरोना संक्रमण पुष्टि भएका मेल्लेख गाउँपालिकाका नागरिकसंगै आएका बान्नीगढी जयगढ गाउँपालिकाका नागरिकहरुको कोरोना परिक्षणका लागी थ्रोट स्वाव संकलन गरि जाँचका लागी पठाई सकेको उहाँले बताउनुभयो ।

हाल क्वारेन्टाईनमा रहेका नागरिकहरुको आरडिटि जाँचका लागी आवश्यक स्वास्थ्य उपकरणको अभाव हुन नदिन गाउँपालिकाकाले प्रदेश सरकार लगायत निकायसंग समन्वय गरिरहेको उहाको भनाई छ ।

भारतबाट अझै ६ देखी ७ सयको संख्यामा नागरिकहरु गाउँ भित्रिन सक्ने आँकलन गरिएको छ । पालिकामा अन्य आवश्यक क्वारेन्टाईनको व्यवस्थापनका लागी आफुहरु लागीपरेको उपाध्यक्ष साउँदले बताउनुभयो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker