अछाम सहित सुदूरपश्चिममा एकैदिन थपिए १८ जना संक्रमित

सुदूरपश्चिममा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित मध्ये कैलालीका १४ जना रहेका छन् । उनीहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन्।

अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

योसंगै प्रदेशभित्र संक्रमितको सङख्य ४३ पुगेको छ। १८ संक्रमित थपिएसंगै सुदूरपश्चिममा कैलालीमा २७, बैतडीमा पाँच, अछाममा तीन, बाजुरा र कञ्चनपुरमा दुई÷दुई, डोटी, डडेल्धुरा र दार्चुला एक÷एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाजुरा र बझाङका एक÷एक जना संक्रमित भने कर्णाली प्र्रदेशमा छन्।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker