Techie IT

अछामका एक युवकमा कोरोना पुष्टि : यस्तो छ उनको बिवरण ( कुराकानी सहित )


अछामका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको चौरपाटि गाउँपालिका वडा नम्बर २ का ३३ बर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट जेठ १२ गते अछाम आईपुगेका उनी चौरपाटि गाउँपालिकाको वडा नम्बर २ मा रहेको क्वारेन्टाईनमा रहेका छन ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले जानकारि दिनुभयो । कोरोना संक्रमण देखीएका पुरुष संगै १९ जना एउटै क्वारेन्टाईनमा रहेका छन ।

क्वारेन्टाईनमा रहेका तीँ पुरुषमा कोरोना पुष्टि भएसंगै संगै बस्दै आएका अन्यको पनि कोरोना परिक्षण गर्न आवश्यक तयारी अगाढी बढाईएको अध्यक्ष साउँदले बताउनुभयो ।जेठ १२ गते तीँ पुरुष संगै ५२ जना नागरिक भारतबाट चौरपाटि गाउँपालिकामा भित्रिएको बुझिएको छ ।

एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै चौरपाटि गाउँ कार्यपालिकाको आकस्मीक बैठकको तयारी गरिएको गाउँपालिका अध्यक्ष साउँदले जानकारी दिनुभयो । आकस्मीक बैठकले गाउँपालिकामा लकडाउन थप कडाई गर्ने लगायत आवश्यक रणनितिबारे निर्णय गर्ने बुभिएको छ ।

गाउँपालिकाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिका अध्यक्ष हर्क साउँदसंग गरिएको कुराकानी :


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस