अछाममा फेरि १ नयाँ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २ पुग्यो

अछाम जिल्लामा फेरि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।थप १ जनामा कोरोना पुष्टि भएसंगै अछाममा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।
जिल्लाको चौरपाटि गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।चौरपाटि गापा वडा नम्बर २ सोकटका ३१ बर्ष पुरुषमा कोरोना संक्रमण पुष्टि भएको चौरपाटि गाउँपालिकाका आईटि अधिकृत मुकेश कुँवरले जानकारी दिनुभयो ।
जेठ ९ गते भारतबाट गाउँ आएका उनमा स्वास्थ्य समस्या देखीएपछि बयालपाटा अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा उनमा डेंगीको संक्रमण देखीएको बताईएको छ ।
चौरपाटि गाउँपालिकाका स्वास्थ्य शाखा उप प्रमुख कमल साउँदका अनुसार डेंगीको संक्रमण देखीएका उनलाई उपचारका लागी बयालपाटा अस्पतालबाट धनगढी रिफर गरिएको थियो ।
रिफर गर्नु पुर्व बयालपाटा अस्पतालबाट उनको थ्रोट स्वाव संकलन गरि सुर्खेत पठाईकोमा सोमवार साँझ उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढीमा डेंगीको उपचार पछि उनी गाउँ फर्किएर घरमै बस्दै आएका खुलेको छ ।तीँ युवकमा कोरोना संक्रमण पुष्टि भएसंगै अछाम जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुवै जना पुरुष जिल्लाको चौरपाटि गाउँपालिका वडा नम्बर २ का हुन ।यस अघि सोमवार मात्रै चौरपाटि गाउँपालिका वडा नम्बर २ को क्वारेन्टाईनमा रहेका अर्का ३३ बर्षिय युवकमा कोरोना पुष्टि भएको थियो ।
३३ बर्षिय पुरुषको सेती प्रादेशिक अस्पतालमा कोरोना जाँचका क्रममा संक्रम पुष्टि भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस