अछाममा ९ जना कोरोना संक्रमित थपिए

अछाममा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । ९ जना नयाँ कोरोना संक्रमित भेटिएसंगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

जिल्लाको मेल्लेख गाउँपालिकाका ८ जना र मंगलसेन नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको हो ।

सुर्खेत प्रयोगशालामा पिसिआर जाँचका क्रममा नयाँ ९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

यस अघि सोमवार चौरपाटि गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker