बैतडीकी २२ वर्षीया युवतीको क्वारेन्टिनमा मृत्यु

भारतबाट आएकी बैतडीकी २२ वर्षीया युवतीको क्वारेन्टिनमा मृत्यु भएको छ।
बैतडीको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए।
मेयर कुँवरका अनुसारमंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी थिइन् । मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्।
उनीहरू भारतबाट आएलगत्तै क्वारेन्टिनमा बसिहरेका थिए। मेयर कुँवरका अनुसार मृतक महिला मुटुको दीर्घरोगी हुन्। भारतमा बस्दै आएकी उनी त्यहाँ पनि मुटुको औषधि सेवन गर्थिन्। अहिले मृतक महिलाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।