रामारोशन बिकास समाजद्धारा रामारोशन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

एकिकृत रामरोशन बिकास समाज काठमाण्डौले रामारोशन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

समाजले कोरोना रोकथामका लागी सर्जिकल मास्क,सेनिटाईजर,थर्मलगन,ग्लोभ्स लगायतका सामाग्री गाउँपालिकालाई सहयोग गरेको हो ।

अछामको रामरोशन गाउँपालिका स्थायी ठेगाना भई हाल काठ्माण्डौमा बिभिन्न पेशा व्यवसायमा आवद्ध रहनु भएका अगुवाहरुको समुहले एकिकृत रामारोशन बिकास समाज मार्फत तीँ सामाग्री अछाम पठाएको समाजका अध्यक्ष मान बहादुर साउँदले बताउनुभयो ।

उहाँका अनुसार रामारोशन गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाण्डौमा रहदै आएका सामाजीक अगुवा तथा समाजका सल्लाहकार केशर साउँदद्धारा १ थान थर्मलगन, लोकेन्द्र साउँदद्धारा १५ सय थान सर्जिकल मास्क,ग्लोव्स १० प्याकेट, सेनिटाईजर १० लिटर र १ थान थर्मल गन यस्तै पदमराज देवकोटाबाट १थान थर्मल गन , सदस्य श्री अर्जुन रावलबाट १ थान थर्मल गन र समाजका अध्यक्ष मान बहादुर साउँदबाट १ थान थर्मल गन संहयोग स्वरुप अछाम पठाईएको हो ।

बिपदको समयमा आफ्नो गाउँठाउँका लागी सक्दो सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावनाका साथ स्वास्थ्य सामाग्री बितरण गरिएको समाजका अध्यक्ष मान बहादुर साउँदको भनाई छ ।

कोरोना नियन्त्रणका लागी प्रत्येक नागरिक अग्रसर बन्नुपर्नेमा जोड दिदै उहाँले महामारी बिरुद्ध लड्न सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

एकिकृत रामरोशन बिकास समाज काठ्माण्डौका अध्यक्ष मान बहादुर साउँदसंग गरिएको कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker