मंगलसेन नगरपालिका प्रमुख बाेहराद्वारा विभिन्न क्वारेन्टाइनकाे निरिक्षण

होम साउद,अछाम
मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बाेहराले नगरपालिकाका विभिन्न क्वारेन्टाइनकाे निरक्षण गर्नुभएको छ ।
नगरप्रमुख बाेहराले भारतबाट अाएर क्वारेन्टाइनमा वसेकाहरुकाे अवस्था र समस्याको बारेमा जानकारी लिनुभएकाे हाे ।
अनुगमनका क्रममा क्वारेन्टाइन बसेकाहरुले अाफ्नाे पिसिअार जाँच गरायरै घर पठाउनुपर्ने माग नगरप्रमुख समक्ष राख्नुभएको थियाे ।
वडानम्वर १ काे कुन्ति माविमा रहेकाे क्वारेन्टाइनमा वस्ने एकजना गर्भवती महिला, एकजना क्यान्सर पिडित महिला र एकजना दम राेगि पुरुषलाई सारै समस्या रहेकोले उपचार र ब्यावस्थापन गरिदिनुपर्ने माग समेत राखेका थिए ।
जवाफमा नगरप्रमुख बाेहराले क्वारेन्टाइनमा वसेकाहरुकाे अारडिटि र पिसिअार जाँच गरेर रिपोर्ट अाईसकेपछि मात्रै घर पठाईने प्रतिबद्धता जनाउनुभयाे ।
क्वारेन्टाइनमा कुनै समस्या अाएमा खबर गर्न अाग्रह गर्दै नगरप्रमुख बाेहराले समस्याको समाधान गर्न नगरपालिका तयार रहेकाे बताउनुभयो। अाफै सजग र सतर्क भई काेराेनाबाट जाेगिनुपर्ने सुझाव दिनुभयो ।
अाफु र अाफ्नाे परिवारलाई सुरक्षित राख्नका लागि सबै ब्यक्ति जिम्मेवार बनिदिनअाग्रह गर्नुभयाे । यस्तै वडानम्वर २ स्थित खम्म प्राविमा स्थापना गरिएको क्वारेन्टाइन, वडानम्वर ३ स्थित शिवनिवास प्राविमा रहेकाे क्वारेन्टाइन, ज्ञानदिप प्राविकाे क्वारेन्टाइन र सहरि स्वास्थ्य क्लिनिकमा रहेकाे क्वारेन्टाइनकाे पनि नगरप्रमुख बाेहराले निरिक्षण गर्नुभयो ।
नगरप्रमुख बाेहराले वडानम्वर १ वडा अध्यक्ष गाेपाल थापा सहित सराेकारवाला तथा वडानम्वर २ मा वडा अध्यक्ष मानबहादुर बाेगटि सहित सराेकारवाहरु र वडानम्वर ३ मा वडा अध्यक्ष पदम सिंह भाट सहित सराेकारवाला संग वडाकाे बस्तुस्थितिबारे जानकारी लिनुभएकाे थियाे ।
वडा अध्यक्ष सहित अन्य जनप्रतिनिधि र क्वारेन्टाइनमा वसेकाहरुसंग क्वारेन्टाइनकाे अवस्था र ब्यावस्थापनका विषयमा जानकारी लिनुभएकाे नगरपालिकाका एमअाईएस अपरेटर हाेम साउदले जानकारी दिनुभयो । क्वारेन्टाइनमा वसेकाहरुले क्वारेन्टाइनमा अाफुहरुल राम्रोसँग बसेकाे र ब्यवस्थापन राम्रो रहेकाे प्रतिक्रिया दिएका थिए ।
नगरप्रमुख बाेहराले अहिलेकाे जटिल परिस्थितिमा नगरले अवस्था अनुसारको ब्यावस्था गरेकाले मिलेर सुरक्षित बस्न तथा क्वारेन्टाइनकाे नियम पालना गर्न सबैलाई अाग्रह गर्नुभयो ।
यसैविच: मंगलसेन नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा हालसम्म ४३९ जना क्वारेन्टाइनमा वसेका छन । जेठ १९ गते बेलुकासम्म ३४८ जना विभिन्न क्वारेन्टाइनमा वसेकाेमा २० गते भारतबाट अाएका थप ९१ जनालाई नगरपालिकाका विभिन्न वडामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस