बान्नीगढीको क्वारेन्टाईनका युवक बजार डुल्न थालेपछि (कुराकानी सहित)

बान्नीगढी जयगढ गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक युवक बजार संगै गाउँ डुलेको खुलेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवीको सरस्वती माद्यामिक बिद्यालयको क्वारेन्टाईनमा राखीएका एक युवक मंगलवार जयगढ बजार संगै गाउँ डुलेको खुलासा भएको हो ।
केहि दिन पहिले भारतबाट आएका तीँ युवक मंगलवार दिउसो जयगढ बजारसंगै धारासैनमा धारामा नुहाउन गएको हुन ।
क्वारेन्टाईनस्थलबाट बाहिर निस्किदै उनी जयगढ बजार र धारासैन पुगेको स्थानीयले बताएका छन ।
कोरोना संक्रमण फैलिन नदिन भन्दै क्वारेन्टाईनमा राखीएका युवक क्वारेन्टाईनस्थलबाट बजार तथा गाउँ डुल्न थालेपछि क्वारेन्टाईन व्यवस्थापनमा लापरवाहि गरिएको भन्दै स्थानीयले आपत्ती जनाएका छन ।
क्वारेन्टाईन स्थलबाट नागरिकहरु खुल्लम रुपमा बजार तथा गाउँ डुल्नुले व्यवस्थापनमा लापरवाहि देखीएको नेकपा अछामका जिल्ला सदस्य नवराज साउँदले बताउनु भएको छ ।
यसले कोरोनाको संक्रमण फैलिन सक्ने जोखीम बढाएको भन्दै उहाँले यस बिषयमा गाउँपालिकाले गम्भिर बन्नुपर्ने बताउनुभयो ।
यता वडा अध्यक्ष कुल बहादुर शेट्टिले भने क्वारेन्टाईनबाट बाहिर निस्किदै बजार डुलेका युवकमा मानसिक सन्तुलन ठिक नभएका कारण समस्या भएको दावी गर्नु भएको छ ।
मानसिक समस्या देखीएका कारण उनलाई क्वारेन्टाईनमा राख्न समस्या भईरहेको वडा अध्यक्ष शेट्टिले बताउनुभयो ।
उनको व्यवस्थापनका लागी आफुहरु सजग रहेको बताउदै वडा अध्यक्ष शेट्टिले यसपछि यस्तो लापरबाहि नहुने उल्लेख गर्नु भएको छ ।
क्वारेन्टाईनमा राखीएका युवक बजार डुल्न थालेकोबारे वडा अध्यक्ष कुल बहादुर शेट्टिसंग गरिएको कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस