कोरोना सवैको शत्रु हो मिलेर परास्त गरौ : नगर प्रमुख बोहरा (कुराकानी सहित )

मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहराले कोरोना सवैको शत्रु भएकाले यसलाई सवैले मिलेर परास्त गर्नुपर्ने बताउनु भएको छ ।

मानवजातीलाई चुनौतीका रुपमा देखा परेका कोरोना भाईरस सवैको शत्रु भएकाले यसलाई सवैले मिलेर परास्त गर्नुपर्ने बताउनु भएको हो ।

कोरोना संक्रमण फैलिन नदिनका लागी प्रत्येक नागरिकले लकडाउनको पुर्णरुपमा पालना गर्दै आवश्यक सतर्कता अपनाउनुपर्नेमा उहाले जोड दिनु भएको छ ।

रेडियो बान्नीगढीको कोरोना विशेष अप्डेटमा कुराकानी गर्दै नगर प्रमुख बोहराले कोरोना संक्रमणलाई नियन्त्रण गर्न मंगलसेन नगरपालिकाले आवश्यक पहल कदम उठाईरहेको दावी गर्नुभयो ।

हालसालै जिल्ला बाहिर तथा छिमेकि राष्टबाट आएका नागरिकहरुलाई नगरले भ्याएसम्म उचित व्यवस्थापन गरेको उहाँको भनाई छ ।

नगरपालिकाका एक युवकमा कोरोना संक्रमण पुष्टि भईसकेको अवस्थामा आम नागरिकले लकडाउनको पुर्ण रुपमा पालना गरि सुरक्षीत साथ घरभित्र बसेर यसको संक्रमण फैलिन नदिन आवश्यक भुमिका निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

जिल्लामा हालसालै भारतबाट भित्रिएका नागरिकहरुमा कोरोना संक्रमण देखीसकेकाले सवैले चनाखो बन्दै स्थानीय तह तथा सरोकारवालाई सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

स्थानीय तहको पहल कदमीले मात्र कोरोना नियन्त्रण गर्न सम्भव नभएको बताउदै उहाले कोरोना नियन्त्रणका लागी राजनितिक दल,समाजसेवी तथा आम नागरिकको साथ अपरिहार्य हुनेमा जोड दिनुभयो ।

जिल्लामा हालसालै भित्रिएका नागरिकहरुको कोरोना परिक्षण समयमै गर्न नसकिएका कारण पनि कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेको बताउदै उहाँले अछाम जिल्लामा कोरोना प्रयोगशाला निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ ।

अछाम लगायत बाजुराका स्थानीय तह मिलेर भएपनि अछाम जिल्लामा कोरोना जाँच प्रयोगशाला निर्माण गर्नुपर्नेमा आफु सकारात्मक रहको बताउदै उहाँले यसका लागी आवश्यक लगानी गर्न मंगलसैन नगरपालिका तयार रहेको उल्लेख गर्नु भएको छ ।

कोरोना नियन्त्रणका लागी मंगलसेन नगरपालिकाले अपनाएको रणनितिबारे नगर प्रमुख पदम बोहरासंग गरिएको कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker