मेल्लेख गाउँपालिकामा कोरोना परिक्षणमा जोड : अध्यक्ष बोहरा (कुराकानी सहित)

मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले गाउँपालिकामा हालसालै भित्रिएका नागरिकहरुको कोरोना परिक्षणमा जोड दिईएको बताउनु भएको छ ।
भारतबाट गाउँ फर्किएका मध्य ८ जनामा कोरोना संक्रमण देखीएसंगै अन्य नागरिकको कोरोना परिक्षणमा जोड दिईएको उहाले बताउनु भएको हो ।
भारतबाट हालसालै गाउँपालिका भित्रिएका मध्य ८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेकोमा अन्य नागरिकहरुमा पनि कोरोना परिक्षणमा जोडि दिईएको उहाको भनाई छ ।
रेडियो बान्नीगढीको कोरोना बिशेष अपडेटमा कुराकानी गर्दै अध्यक्ष बोहराले क्वारेन्टाईनमा रहेको सवै नागरिकको कोरोना परिक्षणका लागी थ्रोट स्वाव संकलन कार्य तिव्र पारिएको बताउनुभयो ।
मंगलबारमात्रै दर्जनौ नागरिकको नमुना स्वाव संकलन गरिएको र अन्य नागरिकको नमुना स्वाव संकलन कार्य जारि राखेको उहाको भनाई छ ।
गाउँपालिकामा एकै दिन ८ जनामा कोरोना संक्रमण देखीएसंगै संक्रमण फैलिन नदिन गाउँपालिकाले लक डाउनमा कडाई गर्नुका साथै उच्च सतर्कता अपनाएको अध्यक्ष बोहराले बताउनुभयो ।
क्वारेन्टाईनमा रहेका नागरिकलाई निगरानी गर्ने, नुमना संकलन गर्ने र आवश्यक स्वास्थ्य जाँच सामाग्री व्यवस्थापन गर्ने कार्यमा गम्भिर भएर लागीपरेको उहाँले उल्लेख गर्नु भएको छ ।
गाउँपालिकामा सयौँको संख्यामा नागरिकहरु क्वारेन्टाईमा राखीएको र उनीहरुको समयमै स्वास्थ्य परिक्षणका स्वास्थ्य सामाग्रीको प्रवन्ध मिलाउन लागीएको अध्यक्ष बोहराले बताउनुभयो ।
कोरोना संक्रमण देखीएसंगै गाउँपालिकामा अत्यावश्यक काम बाहेक एक वडा देखी अर्को वडामा नागरिको आवतजावत समेत पुर्ण रुपमा बन्द गरिएको छ ।
समयमै कोरोना परिक्षण नहुदा संक्रमणको जोखीम बढ्ने भएकाले अछाम जिल्लामै कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने उहाँको भनाई छ ।
जिल्लामा कोरोना परिक्षण प्रयोगशाला स्थापनाका लागी मेल्लेख गाउँपालिका आवश्यक लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो ।
अछाम जिल्लासंगै छिमेकि जिल्लाका स्थानीय तह मिलेर अछाम जिल्लामा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ ।
मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरासंग गरिएको कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस