Techie IT

मानसिक सन्तुलन गुमाएका युवक क्वारेन्टाईनबाट पुनः भागे


बान्नीगढि जयगढ गाउँपालिकाको क्वारेन्टाईनमा राखीएका युवक पुनः क्वारेन्टाईन स्थलबाट भागेका छन

पालिकाको वडा नम्वर बर्दादेवीको सरस्वती माद्यामिक बिद्यालय क्वारेन्टाईनबाट मानसिक सन्तुलन गुमाएका मंगलवार पनि भागेका हुन

उनी सोमबार पनि क्वारेन्टाईनस्थलबाट भागेर बजार तथा गाउँ डुलेका थिए

उनी मानसिक सन्तुलन गुमाएका र उपचारको शिलशिलामा भारत गएर आएको बुझिएको बान्नीगढि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृत सैलेशराज ढु्गानाले बताउनुभयो

मानसिक सन्तुलन गुमाएका व्यक्ति क्वारेन्टाईनस्थलबाट भाग्न थालेपछि जोखीम बढेको बताउदै अधिकृत ढुंगानाले सवैले तीँ युवकको सम्पर्कबाट टाढा रहन सतर्क रहनुपर्नेमा जोड दिनुभएको

यता गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले ती युवकमा कोरोना भए नभएकोबारे जाँच गर्न आवश्य तयारी भईरहेको बताउनुभएको

क्वारेन्टाईनबाट भागेको युवकबाट कोरोनाको संक्रमणको जोखीम बढेकाले युवकको जतिसक्दो चाँडो कोरोना संक्रमण भए नभएको जाँच गरिनेउपाध्यक्ष साउदले जानकारी दिनुभयो


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!