कमलबजार ५ मा क्वारेन्टाइनमा बस्नेको संख्या ८९ पुग्यो

कमलबजार ५ मा क्वारेन्टाइनमा बस्नेको संख्या ८९ पुग्यो ।

कमलबजार नगरपालिका वडा नम्बर ५ कुइकामा क्वारेन्टाइनमा बस्नेको संख्या ८९ पुगेको छ ।

अज भारतबाट वडामा पुगेका ३ जनालाइ माहाकाली माद्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखे संगै क्वारेन्टाइनमा बस्नेको संख्या ८९ पुगेको हो ।

अहिले बिदेश तथा अन्य जिल्लाहरुबाट आएका ब्याक्तीहरुलाइ वडाका देवलक्ष्मी आधारभुत बिद्यालय , माहाकाली माध्यामिक बिद्यालय , र मातृशिसु प्राथमिक बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

वडामा रहेका अरु बिद्यालयहरुलाइ पनि तयारी अवस्थामा राखिएको वडाध्यक्ष नन्दसिङ चलाउनेले जानकारी दिनुभयो ।

उहाँले वडामा निर्माण गरिएका सम्पुर्ण क्वारेन्टाइन प्रभावकारी बनाउन आफू रातदिन नभनेर लागिपरेको बताउनुभयो ।

वडा अध्यक्ष चलाउनेले वडाका सम्पुर्ण नागरिकलाइ सरकारले निर्धारण गरेका मपदण्ड पालना गरि संसार आक्रान्त पारिरहेको कोरोनाबाट आफू पनि बच्न र अरुलाइ पनि बचाउन अनुरोध समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker