बान्नीगढीमा एक महिलाले क्वारेन्टाईनमै बच्चा जन्माईन्

बान्नीगढी जयगढ गाउँपालिकामा क्वारेन्टाईनमा बस्दै आएकि एक महिलाले क्वारेन्टाईनमै बच्चा जन्माएकि छन ।
गाउँपालिकाको वडा नम्बर ५ कालिकाको ओलीखेत क्वारेन्टाईनमा बस्दै आएकि २३ बर्षीय मैना साउँदले आईतवार बिहान बच्चालाई जन्म दिएकि हुन ।
कालिकाको ओलीखेतमा पाल टाँगेर निर्माण गरिएको क्वारेन्टाईनमा सोमबार बिहान छोरा जन्माएको बताईएको छ ।
स्वस्थ बच्चा जन्माएको भएपनि उनको शरिरमा साल अट्किएको खवर पाए संगै कालिका स्वास्थ्य चौकिका अनमीको टोलीले क्वारेन्टाईनस्थलमै उनको उपचार गरेको थियो ।
उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको कालिका स्वास्थ्य चौकिका अहेव अविरल साउँदले जानकारि दिनुभयो ।
ओलीखेतमा १९ जना पाल टाँगेर क्वारेन्टाईनमा बस्दै आएकोमा सुत्केरी महिलालाई सुरक्षीत साथ होम क्वारेन्टाईनमा राखीएको छ ।