जागीरबाट निकालिएका बयालपाटा अस्पतालका कर्मचारीले आफ्नै शरिरमा आगो लगाए ( भिडियो सहित )

बयालपाटा अस्पतालमा जागीरबाट निकालिएका एक कर्मचारीले अस्पतालप्रागणमै आफ्नो शरिरमा आगो लगाएका छन ।

अस्पतालको जागीरबाट निकालिएका हाईजनिक हेड सिध्दार्थ आउजीले अस्पतालको परिसरमै आफ्नो शरिरमा आगो लगाएका हुन ।

उनले आफ्नो शरिरमा पेटेल छर्किएर आगो लगाएको बताईएको छ ।

उनीसंगै ३३ जना कर्मचारीलाई बयालपाटा अस्पतालले आर्थिक स्रोतको अभाव रहेको बताउदै जागीरबाट निकालेको थियो ।

अस्पतालको आकस्मीक कक्ष अगाडी आफ्नै शरिरमा आगो लगाएका आउजीको अस्पतालका कर्मचारी उद्धार गरेका थिए ।

उनलाई हेलिकप्पर मार्फत उपचारका लागी नेपालगञ्ज लगीएको छ ।

घटनाबारे थप बिवरण आउन बाँकि रहेको छ ।
भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker