जागीरबाट निकालीएका बयालपाटा अस्पतालका कर्मचारीले आफ्नै शरिरमा आगो लगाए ( भिडियो सहित )

बयालपाटा अस्पतालमा जागीरबाट निकालीएका एक कर्मचारीले अस्पताल प्राँगणमै आफ्नो शरिरमा आगो लगाएका छन ।
अस्पतालको जागीरबाट निकालिएका हाईजनिक हेड सिध्दार्थ आउजीले अस्पतालको आकस्मीक कक्ष परिसरमै आफ्नो शरिरमा आगो लगाएका हुन ।
उनले आफ्नो शरिरमा पेट्रोल छर्किएर आगो लगाएको बताईएको छ ।
उनीसंगै ३३ जना कर्मचारीलाई बयालपाटा अस्पतालले आर्थिक स्रोतको अभाव रहेको बताउदै जागीरबाट निकालेको थियो ।
अस्पतालको आकस्मीक कक्ष अगाडी आफ्नै शरिरमा आगो लगाएका आउजीको अस्पतालका कर्मचारीले उद्धार गरेका थिए ।
अडियो यहाँ सुन्न सकिन्छ >
उनलाई हेलिकप्पर मार्फत उपचारका लागी नेपालगञ्ज लगीएको छ । घटनाबारे थप बिवरण आउन बाँकि रहेको छ ।
भिडियो :-