आफ्नै शरिरमा आगो लगाएका शिध्दार्थको निधन

आफ्नै शरिरमा आगो लगाएर देह त्यागको प्रयास गरेका सिध्दार्थ आउजीको निधन भएको छ ।

आगलागीबाट घाईते भएका आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा केहिबेर अगाढी निधन भएको हो ।

बयालपाटा अस्पतालमा कार्यरत रहेका आउजीलाई आस्पतालले जागीरबाट निकालेपछि सोमवार बिहान अस्पताल परिसरमै उनले आफ्नो शरिरमा पेटेल छर्किएर देह त्यागको प्रयास गरेका थिए ।

अस्पतालका कर्मचारीको सहयोगमा उनको उद्धार गरि प्राथमिक उपचार पश्चात हेलिकप्टर मार्फत उपचारका लागी उनलाई कोहलपुर लगीएको थियो ।

कोहलपुर अस्पतालमा उपचारका लागी लगीएको भएपनि स्वास्थ्यकर्मीले उनको उपचामा कुनै चाँसो नदेखाएको उनीसंगै रहेका मिन बोहराले जानकारी दिनुभयो ।

बयालपाटा अस्पतालले आर्थिक स्रोत अभावका कारण देखाउदै ३३ जना कर्मचारीको करार सम्झौता थप नगरि जागीरबाट निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker