Techie IT

बयालपाटा अस्पताल घटनाको सत्यतथ्य छानविन गरिनु पर्छ : प्रवक्ता तिमिल्सैना ( कुराकानी सहित )


नेपाली कांग्रेस अछामका सहसचिव तथा प्रवक्ता वेद प्रकाश तिमिल्सैनाले बयालपाटा अस्पतालको जागीरबाट निकालिएका युवकले देहत्याग गरेको घटनामा न्याय हेल्थ नेपालका पदाधीकारीमाथी छानविन गरिनु पर्ने बताउनु भएको छ ।

न्याय हेल्थ नेपालले अन्यायपुर्ण ढंगले जागीरबाट निकालेका कारण साँफेबगर नगरपालिका वडा नम्बर ६ का सिध्दार्थ आउजीले देहत्याग गर्न बाध्य भएको बताउदै संस्थाका पदाधीकारीमाथी छानविन गरिनु पर्ने बताउनु भएको हो ।

बयालपाटा अस्पताल संचालन गर्दै आएको न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाका पदाधीकारीहरुले ३३ जना कर्मचारीलाई एकाएक जागीरबाट निकाल्नु गम्भिर त्रुटी रहेको प्रवक्ता तिमिल्सैनाको भनाई छ ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै प्रवक्ता तिमिल्सैनाले बिसम परिस्थितिमा कर्मचारीलाई जागीरबाट निकालीनु अनुचित रहेको बताउदै जागीरबाट निकालिएका ३३ जना कर्मचारीको बिषयमा अछामका जनप्रतिनिधि र सांसदहरुले आवश्यक भुमिका खेल्न नसेको बताउनुभयो ।

सिध्दार्थ आउजीलाई आत्मदाह गर्न बाध्यपार्ने सवैमाथी छानविन गरि कार्वाहि गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । आत्मदाह गरेका आउजीको परिवारलाई उचित राहातको व्यवस्था गर्नुपर्ने र अन्य कर्मचारीको पुनःपदस्थापन गर्न तिमिल्सैनाले माग गर्नुभयो ।

न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालबाट ३३ जना कर्मचारी निकालेको बिषयमा छानविन गरिनुपर्ने माग राख्दै राजनितिक दल,सामाजीक अगुवाले आवाज उठाउदा समेत अछामका सरोकारवाला निकायले चाँसो नदिदा अहिले अवस्था सिर्जना भएको तिमिल्सैनाले आरोप लगाउनु भएको छ ।

यस घटनाका बिषयमा आवश्यक सत्यतथ्य अनुसन्धान गरी आवश्यक कार्वाहि गर्नुुपर्नेमा नेपाली कांग्रेसले जोड दिदै आएको बताउदै उहाँले अस्पतालको दिगो व्यवस्थापनका लागी सवै सचेत बन्नुपर्ने बताउनु भएको छ ।

नेता तिमिल्सैनासंगको कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस