बयालपटा अस्पताल घटनाबारे सत्यतथ्य छानबिन गर्न अध्यक्ष बजगाईँको माग

नेपाल ट्रेड युनियन कांग्रेस अछामले बयालपाटा अस्पतालमा भएको घटनाबारे सत्यतथ्य छानबिनको माग गरेको छ ।

जागीरबाट निकालिएका कारण बयालपाटा अस्पतालमा कार्यरत कर्मचारी सिध्दार्थ आउजीले आत्मदाह गरि प्राण त्याग गरेका घटनाबारे सत्यतथ्य छानबिन गर्न ट्रेड युनियन कांग्रेस अछामले माग गरेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेस अछामका अध्यक्ष चित्रराज बजगाईँले आउजी लगायत ३३ जना कर्मचारीलाई जागीरबाट निकालिनु कारणबारे सत्यतथ्य छानबिन गरि उनलाई प्राण त्याग गर्न बाध्यपार्ने माथी कडा कार्वाहि गर्न माग गर्नु भएको छ ।

कोरोना महामारीका बेला एकाएक ३३ जना कर्मचारीलाई जागीरबाट निकालिनु अन्यायपुर्ण रहेको बताउदै अध्यक्ष बजगाईँले कर्मचारीको पुर्नबहाली संगै आत्मदाह गरि प्राण त्याग गेका सिध्दार्थका परिवारलाई राहात दिनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालमा कार्यरत सिध्दार्थ आउजीलाई आत्मदाह गरि प्राण त्याग गर्न बाध्यपार्ने जो सुकैलाई अनसन्धान गरि कानुनी कार्वाहिको दायरामा ल्याउनुपर्ने बजगाईँको भनाई छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker