क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य जाँच गर्न प्रदेश , केन्द्र सरकार जिम्मेवार बन्नुपर्छ : वडा अध्यक्ष ठकुल्ला

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैनमा ६० जनालाई क्वारेन्टाइनमा राखीएको छ ।
हालसालै छिमेकि राष्ट्र भारत र अछाम जिल्ला बाहिरबाट आएका ६० जनालाई वडाका बिभिन्न क्वारेन्टाईनमा राखीएको हो ।
वडा अध्यक्ष कर्ण ठकुल्लाका अनुसार भारतबाट आएकालाई बिभिन्न बिद्यालय र जिल्ला बाहिरबाट आएकालाई होम क्वारेन्टाईनमा व्यवस्थापन गरिएको छ ।
भारतबाट आएका मध्य अलकनन्दा माविमा १९ जना,बर्दादेवी प्राथमिक बिद्यालयमा ४ जना ,आदर्श प्रावीमा १७ जनालाई क्वारेन्टाईनमा व्यवस्थापन गरिएको छ ।
नेपालकै अन्य जिल्लाबाट आएका १६ जना भने घरमै नियमको पालना गरि सुरक्षीत साथ होम क्वारेन्टाईनमा बसिरहेका वडा अध्यक्ष कर्ण ठकुल्लाले जानकारी दिनुभयो ।
जिल्लामा भारतबाट भित्रिने नागरिकको संख्या उल्लेख्य मात्रामा बढ्दै गईरहेकाले क्वारेन्टिन व्यवस्थापनमा वडालाई चुनौती देखीएको उहाँले बताउनु भएको छ ।
क्वारेन्टाईन व्यवस्थापनको जिम्मा वडाले मात्र गर्न चुनौती रहेका बताउदै उहाँले क्वारेन्टाईन व्यवस्थापनका लागी पालिकासंगै प्रदेश सरकारबाट भुमिका आवश्यक रहेकाे बताउनुभयो ।
क्वारेन्टाईनमा बसेकाहरुको समयमै पिसिआर जाँच गर्न प्रदेश सरकार र केन्द्र सरकारले बिशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य परिक्षण सामाग्रीको अभावका कोरोना परिक्षण बिनानै क्वारेन्टाईनबाट घर पठाउनु पर्ने बाध्यताले क्वारेन्टाईनमा राख्नुको कुनै अर्थ नहुने र यसले झन भयावह स्थिति सिर्जना हुने भएकाले यस तर्फ प्रदेश सरकार र केन्द्र सरकार सचेत रहनु पर्नेमा उहाँले जाेड दिनुभयो ।
वडामा कोरोना संक्रमण फैलिन नदिन तथा क्वारेन्टाईन व्यवस्थापनमा वडाले सक्दो प्रयास गरिरहेकाले यस अभियानमा सहयोग गरिदिन वडा अध्यक्ष ठकुल्लाले वडाबासी सवैमा आग्रह समेत गर्नु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस