Techie IT

बयालपाटा अस्पताल घटनाबारे नेता रावलले प्रेस बक्तव्य मार्फत के भने ?


बयालपाटा अस्पतालमा कार्यरत एक युवकले बयालपाटा अस्पताल परिसरमै आत्मदाहको प्रयास गरि दिवंगत भएको घटनाप्रति नेकपाका प्रभावशाली नता डां भिम रावलले दुःख व्यक्त गर्नु भएको छ ।

अस्पतालको जागीरबाट निकालिएको भन्दै साँफेवगर नगरपालिका वडा नम्वर ६ घर भएका सिद्धार्थ आउजीले आत्म दाहको प्रयासगै देहत्याग गरेको घटनाप्रति नेता रावलले एक प्रेस वत्तव्य जारी गर्दै दुःख व्यक्त गर्नु भएको हो ।

देहत्याग गरेका आउजी लगायत केहि अन्य कर्माचारीलाई अस्पताल प्रशासनले अवकास दिन थालेको जानकारी पाएसंगै करिब १ महिना अगाडि नै आफुले यस बिषम परिस्थितिमा त्यस्तो निर्णय नगर्न अस्पताल प्रशासनलाई बिशेष आग्रह गरेको रावलले वक्तव्यमा उल्लेख गर्नु भएको छ ।

आग्रहका क्रममा अस्पतालका सम्बन्धित व्यक्तिहरुले सरोकारवाला सबैसंग छलफल नगरी स्पष्ट मापदण्ड नबनाई कसैलाई अवकाश नदिइने बताएपनि त्यस्तो प्रक्रिया अगाडि बढाइन थालेको थाहा पाएसंगै करिव दुई हप्ता अघि नै आफुले अस्पताल प्रशासनका जिम्मेवार व्यक्तिहरुलाई अहिलेको विषम परिस्थितिमा कर्मचारीहरुलाई अवकाश नदिन र रकमको समस्या भए नेपाल सरकार तथा स्थानीय तहसंग कुरा गरेर समाधान खोज्न आफ्नो तर्फबाट सहयोगको प्रतिबध्दता जनाएको समेत बताउनु भएको छ ।

बक्तव्यमा भनिएको छ तत्पश्चात् जिल्ला समन्वय समितिका प्रमुख, साँफेबगर नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरुले वयालपाटा अस्पतालमा सम्बन्धित व्यक्तिहरुसंग बैठक गरी कर्मचारीहरुलाई अवकाश नदिन र आवश्यक रकमको लागि सबैले पहल गर्ने निर्णय समेत भएको थियो । यति गर्दा पनि अवकाशको निर्णय फिर्ता गरिएन् । एक जना युवाको आत्मदाह जस्तो अत्यन्त हृदय विदारक घटना घट्यो ।आत्मदाह गरेको खवर सुन्ना साथ विहानै प्रमुख जिल्ला अधिकारी संगै सुदूरपश्चिम प्रेदशका सामाजिक विकास मन्त्रीसंग समन्वय गरेर सिद्धार्थ आउजीलाई बचाउन हेलिकप्टरबाट कोहलपुर अस्पताल, नेपालगञ्ज पुर्याउने काममा सहयोग गरेको थिए । तर उहाँ बाँच्नु भएन ।

यस्तै नेता राववले आर्थिक स्थिति अत्यन्त कमजोर भएका सिद्धार्थ आउजीका श्रीमती गौरी आउजी र उनको परिवारलाई तुरुन्त राहत उपलब्ध गराइनुपर्ने र श्रीमती गौरी आउजीलाई रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिनु भएको छ ।

यस्ता घटनाहरु आगामी दिनमा घट्ने वातावरण बन्न नदिन सचेत रहन सम्बन्धित सबैलाई रावलले वक्तव्य मार्फत आग्रह गर्नु भएको छ ।

 


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!