मृतक आउजीका परिवारलाई राहात दिन नगरपालिका सकारात्मक : नगर प्रमुख कुँवर (कुराकानी सहित)

बयालपाटा अस्पतालमा कार्यरत सिद्धान्त आउजीको परिवारलाई राहात उपलव्ध गराउन साँफेवगर नगरपालिका सकारात्मक रहेका नगर प्रमुख कुल बहादुर कुँवरले बताउनु भएको छ ।
बयालपाटा अस्पतालको जागीरबाट निकालिएको भन्दै आत्म दाहको प्रयास गरि उपचारका क्रममा देहान्त भएका साफेवगर नगरपालिका वडा नम्वर ६ भागेश्वरका सिद्धान्त आउजीको परिवारलाई राहात उपलव्ध गराउन नगरपालिका सकारात्मक रहेका उहाँले बताउनु भएको हो ।
न्याय हेल्थ नेपालले बयालपाटा अस्पताबाट ३३ जना कर्मचारी हटाएसंगै आत्मदाह गरि देहत्याग गरेका आउजीको परिवारलाई उचित राहात उपलव्ध गराउन नगरपालिकाले सम्वन्धित सरोकारवालासंग पहल गरिरहेको नगरप्रमुख कुँवरको भनाई छ ।
आउजीको परिवारलाई आर्थिक सहायता संगै उनको परिवारलाइ आवश्यक राहात उपलव्ध गराउनुर्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले सक्दो राहात उपलव्ध गराउने बताउदै नगरप्रमुख कुँवरले घटनाका बिषयमा गम्भिर छानविन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
न्याय हेल्थ नेपालले सम्वन्धित सरोकारवालासंग सहकार्य समन्वय नगरि ३३ जना कर्मचारी हटाउने निर्णय गरेका कारण यस्तो परिस्थिति सिर्जना भएको नगर प्रमुख कुँवरले बताउनुभयो ।
बयालपाटा अस्पतालबाट ३३ जना कर्मचारी निकालिएका सन्दर्भमा नगरपालिकाले चासो दिदै उनीहरुको पदस्थापनका लागी बिभिन्न निकाय संग समन्वय आर्थिक व्यवस्थापनको पहल गर्दै गर्दा आउजीले देशत्याग गर्नु निकै दुःखदपुर्ण रहेको उहाले बताउनु भएको छ ।
अस्पतालको दिगो व्यवस्थापन र कर्मचारीको पुनर्वहालीका लागी सरोकारवाला निकायले चासो दिएको र आर्थिक व्यवस्थापनका लागी पहल गरिरहेका उल्लेख गर्नु भएको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिई बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागी सवै सरोकारवाला सचेत बन्नुपर्नेमा नगरप्रमुख कुँवरले जोड दिनु भएको छ ।
कुराकानी
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस