Techie IT

पिसिआर मेसिन खरिदबारे छलफल गर्दैछौँ : गाउँपालिका अध्यक्ष बोहरा ( कुराकानी सहित )


मेल्लेख गाउँपालिकाले पिसिआर मेसिन खरिद गर्नेबारे आवश्यक छलफल अगाढि बढाएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ

समयमै कोरोना परिक्षण गर्न नसक्दा संक्रमणको जोखीम बढ्दै गएकाले कोरोना परिक्षण उपकरण पिसिआर खरिद गर्न गाउँपालिकाले आवश्यक छलफल अगाढि बढाएको अध्यक्ष बोहराले बताउनु भएको हो

पालिकाका केहि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै अन्य व्यक्तिमा कोरोना संक्रमण भए नभएको जाँच गर्न लामो समय पर्खिनु पर्ने बाध्यताले संक्रमणको जोखीम बढ्दै गएको उहाँको भनाई छ

सुदूरपश्चिम प्रदेशमा एक मात्र प्रयोगशालाको भरपर्दा संक्रमणको जोखीम बढ्दै गएकाले गाउँपालिकाले पिसिआर मेसिन खरिद गर्नेबारे सरोकारवालासंग सहकार्य गरि कार्यपालिका बैठक मार्फत चाँडै निर्णय गर्ने अध्यक्ष बोहराले बताउनुभयो

भारतबाट आएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाईनमा राख्दा समेत उनीहरुको पिसिआर रिपोर्ट आउन नसकेको र उनीहरुलाई क्वारेन्टाईनमा लामो समयसम्म राख्दा दोहोरो आर्थिकभार पर्ने भएकाले पिसिआर मेसिन खरिद गरि संचालनमा ल्याउनु उचित हुने उहाँको भनाइ छ

यसै बिच गाउँपालिकामा क्वारेन्टाईनमा रहेका १३ सय जना नागरिकको आरडिटि र पिसिआर परिक्षण गर्न आरडिटि किट र थ्रोट स्वाव संकलन गर्ने भिटएम खरिद गरिसकेको गाउँपालिका अध्यक्ष बोहराले उल्लेख गर्नु भएको छ

कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस