आत्मदाह गरेका सिध्दार्थका परिवारलाई समाजसेवी ठकुल्लाद्धारा अर्थिक सहयोग

बयालपाटा अस्पताल प्राँगणमा आत्मदाह गरि देहत्याग गरेका सिध्दार्थ आउजीका परिवारलाई समाजसेवी भक्त ठकुल्लाले आर्थिक सहयोग गर्नु भएको छ ।

सोमवार बयालपाटा अस्पतालको परिसरमा आत्मदाह गरि उपचारका क्रममा दिवंगत भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिध्दार्थ आउजीका परिवारलाई समाजसेवी ठकुल्लाले आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

मंगलबार स्थानीय उमेश शर्मा मार्फत समाजसेवी ठकुल्लाले रु १० हजार ५ सय मृतककी धर्मपत्नीलाई हस्तान्तरण गर्नु भएको थियो । मृतकका परिवारलाई थोरै भएपनि राहात पुगोश भन्ने उद्धेश्यले आफुले सक्दो सहयोग गरेको समाजसेवी ठकुल्लाको भनाई छ ।

न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालबाट आउजी सहित ३३ जनालाई करार सम्झौता थप नगरि जागीरबाट निकालेको थियो । जागीरबाट निकालेको भन्दै युवक सिध्दान्त आउजीले सोमबार बिहान अस्पतालको आकस्मीक कक्ष परिसरमा आफ्नै शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए र उनको उपचारका क्रममा निधन भएको थियो ।

लकडाउनका कारण बिषम परिस्थिति सिर्जना भएकाबेला अस्पतला प्रशासन तथा न्याय हेल्थ नेपालले ३३ जना कर्मचारी कर्मचारी निकाल्नु गलत कदम भएको ठकुल्लाको भनाई छ ।

संस्थाले अन्य सरोकारवालसंग समन्वय नै नगरि गलत कदम उठाउदा यस्तो अकल्पनीय घटना हुन पुगेको उहाले दावी गर्नुृभयो । बयालपाटा अस्पताल घटनामा देहत्याग गरेका आउजीको परिवारलाई सवै सरोकारवालाले आर्थिक सहयोग गर्नुपर्नेमा ठकुल्लाले जोड दिनु भएको छ ।

मृतक आउजीको परिवारलाई राहात उपलव्ध गराउन राष्ट्रिय बाणीज्य बैँक बयालपटा शाखामा खाता संचालन गरिएको छ । उनको परिवारलाई आर्थिक सहयोग गर्न चाहाने महानुभावले उल्लेखीत ठेगनामा आर्थिक रकम जम्मा गर्न सक्नु हुनेछ ।

खातावालाको नाम शिशिर आउजी चित्रा आउजी
रास्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बयालपाटा अछाम,
खाता नम्बर ४०४०००१३८०१०

समाजसेवी ठकुल्लासंग गरिएको कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker