मंगलसैनमा क्वारेन्टाइनमै एक महिलाले बच्चा जन्माईन

होम साउद, अछाम २८ जेठ ।
मंगलसेन नगरपालिका वडा नम्वर १ को कुन्ति मावि क्वारेन्टाइनमा एक महिलाले बच्चा जन्माएकि छन ।
१४ गते भारतबाट आयर क्वारेन्टाइन बसेकि २७ वर्षिय रुबिना थापाले बुधबार मध्यान्ह छोरिलाई जन्म दिएकि हुन ।
थापालाई क्वारेन्टाइनको छुट्टै कोठामा स्वास्थ्य चौकि कुन्तिवण्डालिका अनमि कल्पना भण्डारी र जमुना खातिले सुरक्षित रुपमा प्रसुति गराउनुभएको थियो ।
स्वास्थ्यचौकि कुन्तिका ईञ्चार्ज अर्जुन बहादुर बोहराका अनुसार सुत्केरी महिला र नवजात शिशु दुबैको अवस्था सामान्य रहेको रहेको छ । यसअघि थापा सहित अन्य ९ जनाको जेठ १९ गते पिसिआर परिक्षण गरिएको थियो ।
जसमा १ जनाएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो भने अन्यको रिपोर्ट नेगेटिभ आएको थियो । यस्तै बुधबार कुन्ति मावि क्वारेन्टाइनमा १४ दिन पूरा भएका ३२ जनाको आरडिटि परिक्षण गरिएको छ ।
सबैको रिपोर्ट नेगेटिभ आएकोले उनिहरु सहित पिसिआर रिपोर्ट नेगेटिभ आएका ७ जना गरि ३९ जनालाई घर पठाईएको वडा अध्यक्ष गोपाल थापाले बताउनुभयो ।
वडाले स्थापना गरेका ३ वटै क्वारेन्टाइनमा बसेकाहरूलाई ब्यवस्थापन र नियमित रुपमा स्वास्थ्य परिक्षण कार्य समेत भैरहेको जनाईएको छ ।
यसैविच
प्रहरी चाैकि मंगलसेनकाे टाेलिले वडानम्वर १ र २ मा क्वारेन्टाइनकाे निरिक्षण गरेकाे छ ।
प्रहरी चाैकि मंगलसेनका ईञ्चार्ज धनबिर सिंह धामि सहितको टाेलिले वडानम्वर १ काे कुन्ति मावि क्वारेन्टाइन र वडानम्वर २ काे खम्म प्रावि क्वारेन्टाइनमा बसेकाहरुकाे अवस्थाका बारेमा जानकारी लिनुकाे साथै वडाको वस्तुस्थिति बारे जानकारी लिईएकाे छ ।
अनुगमनका क्रममा वडा नम्वर १ का अध्यक्ष गाेपाल थापा, २ का अध्यक्ष मान बहादुर बाेगटि र नगरपालिकाका एमअाईएस अपरेटर हाेम बहालुर साउद लगायतको सहभागिता रहेकाे थियाे ।