कालिकोट टिप्पर दुर्घटनामा २ जनाको शव भेटियो, ६ बेपत्ता

रमेश रावत, अछाम
कालिकोटमा भएको टिप्पर दुर्घटनामा २ जनाको शव फेला परेको छ।
जिल्लाको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिकातर्फ गइरहेको ना ८ ख ५१३३ नम्बरको टिप्पर रास्कोट नगरपालिकाको र्यागिलमा दुर्घटना भएको हो। कर्णाली करिडोरस्थित र्यागिलको मन्दिर छेउबाट टिप्पर कर्णाली नदीमा खसेको हो ।
नदीमा ६ जना बेपत्ता रहेको कालिकोट प्रहरीले जनाएको छ। भारतबाट फर्किएका रास्कोट नगरपालिकाका ३९ जना बोकेको टिप्पर कर्णाली नदीमा खसेको हो ।
दुर्घटनाबाट घाइते ९ जनालाई जिल्ला अस्पताल कालिकोट पठाईएको स्थानीय सञ्चारकर्मी दान खत्रीले जानकारी दिए। २२ जना भने सकुसल छन् ।
मृतकको सनाखद हुन बाँकी छ। मृतक दुवैजनालाई कर्णाली नदीबाट निकालिएको हो ।
रास्कोटमा झडप :-
दुर्घटनाको कारण खुलेको छैन। स्थानीय नागरिकका अनुसार गाडी चालक र क्वारेन्टाइनमा बस्नका लागि रास्कोटतर्फ जाने नागरिकहरूबीच झडप भएको थियो।
सवारी चालकलाई धम्काएर, ‘मलाई पनि गाडी चलाउन आउँछ, गाडी छिटो चला’, भन्दै धम्काएर टिप्पर चालकलाई कुटपिट गरेका थिएु स्थानीय दानबहादुर खत्रीले घटनास्थलबाट जानकारी दिए।
थाहा खवरबाट साभार
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस